anuradha koirala

Meet Anuradha
Anuradha Koirala and her group, Maiti Nepal, have helped more than 12,000 victims of Nepal's sex trafficking business. English Video | En español Video | Extra Video
The story behind the Hero
Geeta was 9 when she began wearing makeup, staying up until 2 a.m. and having sex with as many as 60 men a day. Full story
Get involved
Want to get involved? Check out the Maiti Nepal website and see how to help. Get involved: U.S. | Get involved: International | Support the cause
Follow CNN Heroes!
• Talk about the top 10: Facebook
• Follow CNN Heroes on: Twitter

अनुराधा कोइराला


टे टेलिफोनका घन्टी बजे। सेलफोनको 'म्यासेज बक्स' र इमेलका 'इन्बक्स' भरएि। इन्टरनेटका सामाजिक सञ्जाल-साइटको त कुरै भएन। के घर, के कार्यालय र के जमघट! सबैले उनलाई बधाई र शुभकामना दिए। हौस्याए। कर्मप्रति अरू ऊर्जाशील हुन उत्प्रेरति गररिहे।

'सीएनएन टपटेन हिरोज'को मनोनयनमा परेपछि लाम लागेका निरन्तर शुभकामनाबीच अनुराधा कोइरालालाई एउटा पृथक् महत्त्वको सन्देश पनि प्राप्त भयो। मूर्त क्षणमा अमूर्त परलिक्षणासहितको त्यो बधाई सन्देश उनीसँग २२ वर्ष पहिला छुट्टएिर बसेका श्रीमान् दिनेशप्रसाद कोइरालाको थियो। सन्देश सुनेपछि उनी निर्निमेष टोलाइन् रे ! सोचिन् रे! र, निष्कर्षमा पुगिन् रे, 'सत्कर्ममा डटिरहनुपर्छ, फैसला समयले गर्छ।' कुरा समयान्तरको थिएन। कुरा सघन संवेग र संवेदना अन्तरनिहित द्वन्द्वात्मक सम्बन्धको एउटा कथानक 'कडी'को थियो। त्यसैको उतारचढावमा भड्किएका दुई आत्माको थियो।