अनुराधा कोइराला


टे टेलिफोनका घन्टी बजे। सेलफोनको 'म्यासेज बक्स' र इमेलका 'इन्बक्स' भरएि। इन्टरनेटका सामाजिक सञ्जाल-साइटको त कुरै भएन। के घर, के कार्यालय र के जमघट! सबैले उनलाई बधाई र शुभकामना दिए। हौस्याए। कर्मप्रति अरू ऊर्जाशील हुन उत्प्रेरति गररिहे।

'सीएनएन टपटेन हिरोज'को मनोनयनमा परेपछि लाम लागेका निरन्तर शुभकामनाबीच अनुराधा कोइरालालाई एउटा पृथक् महत्त्वको सन्देश पनि प्राप्त भयो। मूर्त क्षणमा अमूर्त परलिक्षणासहितको त्यो बधाई सन्देश उनीसँग २२ वर्ष पहिला छुट्टएिर बसेका श्रीमान् दिनेशप्रसाद कोइरालाको थियो। सन्देश सुनेपछि उनी निर्निमेष टोलाइन् रे ! सोचिन् रे! र, निष्कर्षमा पुगिन् रे, 'सत्कर्ममा डटिरहनुपर्छ, फैसला समयले गर्छ।' कुरा समयान्तरको थिएन। कुरा सघन संवेग र संवेदना अन्तरनिहित द्वन्द्वात्मक सम्बन्धको एउटा कथानक 'कडी'को थियो। त्यसैको उतारचढावमा भड्किएका दुई आत्माको थियो।



संस्कार, सम्बन्ध, 'इगो' र यिनको वैयक्तिक प्रभावबारे कुराकानी भइरहँदा अनुराधाको गोलो र स्िनग्ध मुहारमा भने सियाँल छाइरहेको देखिन्थ्यो। भाव निचोरएिर निधारमा केन्दि्रत थियो। ६० पुग्नै लागेको ढल्कँदो उमेर र त्यसैमा पनि नितान्त निजी तर मानवीय प्रसंगले मुजा पारेको निधार स्वाभाविक पार्दै उनले भनिन्, "सम्बन्ध भन्ने कुरा बडो विचित्र रहेछ। त्यत्तिकै जटिल र संवेदशील पनि। व्यक्ति-व्यक्तिबीचको सोचान्तरले कति धेरै फरक पार्छ। तर पनि, हामी कहिलेकाहीँ कुराकानी गर्छौं।" उत्तरार्धको यस मोडमा अनुराधाले आफ्ना श्रीमान्लाई संकेत गरेर यसो भनिरहँदा प्रश्न उठ्छ, "के तपाईं श्रीमान्सँग फेर िसँगै बस्न तयार हुनुहुन्छ, सम्भावना कत्तिको छ ?" जिज्ञासा नटुंगिँदै उनमा भावान्तर देखा पर्‍यो। निमेषभरको मौनतापछि अनुराधा मुस्कुराउँदै भन्छिन्, "मलाई त केही आपत्ति छैन। तर, उहाँलाई गाह्रो छ। म उहाँको अप्ठ्यारो बुझ्न सक्छु।" सम्बन्धबारे अनुराधाले जानेको अन्तिम सत्य यही हो।

उनको औपचारकि 'डिभोर्स' भएको छैन, जति पानी बगे पनि खोला उहीजस्तो। सायद, परम्पराप्रतिको घुमाउरो विश्वास पनि हुनसक्छ, अनुराधाको निधारमा मखमली गोलो टीका कहिल्यै छुट्दैन। सम्बन्ध सेतुका रूपमा छोरा मनीष, बुहारी र एउटा नाति पनि छँदैछन्। यति हुँदाहुँदै पनि उनीसँग उनका श्रीमान् साथमा छैनन्। "कहिलेकाहीँ सोच्छु, मेरो जवानी बेकारमा खेर गयो," उदास मुद्रामा उनी सुनाउँछिन्, "धन्न म जति पनि दुःख झेल्न सक्ने र जति सुख पनि भोग्न सक्ने आत्मबल भएकी नारी भएर हो।" हुन पनि हो, जिन्दगीले 'यूटर्न' लिन आत्मविश्वास आवश्यक पर्छ, जुन अनुराधासँग थियो।

१८ वर्षसम्मको वैवाहिक जीवनमा प्रणय कम र 'इगो' बढी अनुभव गरेकी अनुराधाले विसं २०४५ मा बालक छोरासहित श्रीमान् 'छाड्ने' निर्णय गरनि्। "त्यो अवस्था त्यसै आएको थिएन, समझदारीहरू टुक्रिँदै जाँदा एउटा यस्तो विन्दुमा आइपुगियो, जहाँ हामी दुवै एक स्थानमा बस्नै सकिएन।" ईष्र्या र शंकाकै कारण आफूले त्रासद् दाम्पत्य जीवन भोगेको बताउने अनुराधाले घर छाडेपछि भने पढाउने पेसामा मात्र लागिनन्, सँगसँगै महिलाहरूमा भावना पढ्न पनि सुरु गरनि्। निःसहाय, निराश र विचलित महिलाका भावना। "म त पढेलेखेकी थिएँ। सक्षम थिएँ। केही न केही गर्न सक्थेँ। गररिहेकी पनि थिएँ। तर, त्यस्ता महिला, जोसँग शिक्षा थिएन। आत्मबल थिएन। र, अर्थ पनि। उनीहरूको मनोदशा साँच्चै दयालाग्दो देखिन्थ्यो।" पशुपति क्षेत्रवरपर घुम्दा नजर पर्ने कलेँटी परेका ओठ, कालोपोतोले बिग्रेको छाला र आशा हराएका आँखा उनका मुटुमा बिझे। देशमा प्रजातन्त्र आए पनि निम्नवर्गीय महिलाका सपनामा घुनपुतली उस्तै थिए। 'सहरमा त यस्तो, गाउँमा अझ के होला !' यस्तो सोच्दासोच्दै अनुराधाको मनमा एउटा उपाय फुर्‍यो। उनले आठ निर्धन महिलालाई छानिन्। र, एक-एक हजार रुपियाँ उपलब्ध गराइन्। ती महिलाले गौशालावरपर नै नाङ्लो पसल खोले। "त्यतिबेला मैले हरेक महिलाले दिनको दुई रुपियाँ संकलन गर्नुपर्ने नियम बनाएकी थिएँ," उनी दुई दशकअघिका दिन सम्भिmन्छिन्, "विस्तारै ती महिलाको जीवनमा परविर्तन देखा पर्‍यो। यसले मलाई पनि अनुपम सन्तुष्टि दियो।" यही सन्तुष्टिले अनुराधालाई समाजसेवाको राजमार्गमा दौडन प्रेरति गर्‍यो। दुःखीले दुःख देख्छ भनेझैँ उनले आफ्ना कतिपय पीडालाई खोकिलामा च्यापेर अरूका निम्ति केही गर्नुपर्छ भन्ने अठोट गरनि्।

०४७ साल गर्मीको महिना थियो। एबीसी नामको संस्थाले उद्धार गरेर गीता सुनारलाई मुम्बईबाट काठमाडौँ ल्यायो। एड्सले थलिएकी गीतालाई त्यो संस्थाले राख्ने ठाउँ पाएन। तर, अनुराधाले हिम्मत गरनि्। र, आफू सुत्ने कोठामा ल्याइन्। भन्छिन्, "एड्स लागेको भनेर छिःछिः र दूरदूर गरेको देखेपछि मेरो मन कुँडियो र गीतालाई मसँगै राखँे।" एउटै कोठमा उठबस गर्दा गीताले सुनाएका विरक्त र कहालीलाग्दा 'कोठी' वर्णनले अनुराधालाई झस्काउनसम्म झस्कायो। गरबिी, अशिक्षा, शोषण, बाध्यता र महत्त्वाकांक्षाको परचिक्रमा फसेका नेपाली चेलीको 'मुम्बई यात्रा' रोक्न त्यति सहज थिएन। त्यसका लागि जनचेतना अभियानको जरुरी थियो। संस्था जरुरी थियो। पैसा, निरन्तरता र समर्पण जरुरी थियो। "त्यसैले, ०४८ सालमा माइती नेपाल दर्ता भयो," अनुराधा भन्छिन्, "त्यसपछि भने हामीलाई प्रहरी, पत्रकार, वकिल र विद्यार्थीले साथ दिए। त्यहीबेला हामीले आठ जिल्ला पुगेर जनचेतना कार्यक्रम चलायौँ।"

संस्थागत भइसकेपछि भने उनको दैनिकी बदलियो। उठ्यो अभियान। बस्यो अभियान। दौड्यो अभियान। सोच्यो अभियान। चेलिबेटी बेचबिखन रोक्ने प्रयासमा केन्द्रीकृत हुन थालेपछि उनका निजी चाहना ओझेल पर्दै गए। उनले विस्तारै माइती नेपालको जुहिना कस्दै लगिन्। उनलाई देश-विदेशका विभिन्न हितकारीले साथ दिए। बिन्प|mेड किल दम्पतीले छोरी सोजाका नाममा सहयोग गरे। सोजा फाउन्डेसनका नाममा भएको यस सहयोगलाई माइती नेपालले त 'सबैभन्दा पि्रय अभिभावकत्व' नै ठानेको छ। यस फेरोमा भिल्मा मिन्किन, बि्रगेट म्याडसन, जेरन वेग्नर, बालकृष्ण आचार्य, हिरोमी सुजुकी, मामा रोशा, मञ्जु शाक्य, प्रेडो सेनेज र इन्द्रेणी सिन्हाजस्ता सक्रिय अभियन्ता पनि छन्। त्यति मात्र होइन, माइती नेपालले बेलायती युवराज चाल्र्स र किम सिनजस्ता विदेशी संगीतकर्मीको पनि साथ पायो। पाइरहेको छ। माइती नेपालाई सहयोगको दायरा दिन-प्रतिदिन बढ्दो मात्र छैन, चेलिबेटी बेचबिखचनविरुद्धको अभियानकै कारण अनुराधाको छवि त्यत्तिकै अग्लिँदो पनि छ।

कुनै बेला दुईवटा कोठामा मात्र सीमित माइती नेपालले दुई दशकपछि अहिले वाषिर्क सात करोड रुपियाँभन्दा बढीको बासलात सार्वजनिक गर्छ। र, संस्थाको नाममा ३५ करोड रुपियाँभन्दा बढीको सम्पत्ति छ। काठमाडौँको गौशाला नजिकै पिङ्गलास्थानमा रहेको १० रोपनी जग्गामा केन्द्रीय कार्यालय, बाल पुनःस्थापना केन्द्र, टेरेसा एकेडेमी, कानुनी परामर्श केन्द्रजस्ता विभागहरू छन्। उद्धार गरएिका र जोखिममा परेका महिला तथा बालबालिकालाई माइती नेपालले जसरी समाजमा पुनःस्थापना गर्ने आत्मबल र सीपका लागि चक्रीय हिसाबले काम गर्छ, त्यसरी काम गर्ने संस्थाहरू नेपालमा छैनन् भन्दा पनि हुन्छ। "खुसी गुमाएका बहिनी र बालबालिकाहरूको ओठमा थोरै भए पनि मुस्कान देख्दा बडो आनन्द आउँछ," अनुराधा भन्छिन्, "यहाँ जति छन्, त्यो नै मेरो परविार हो। त्यसैले, मेरो परविारको कुनै पनि बेला आकार बढ्न सक्छ।"

त्यसो त ओखलढुंगास्िथत रुम्जाटारको गुरुङ परविारमा जन्मेकी अनुराधाको बाल्यकाल पनि त्यत्तिकै बृहत् परविारमा बितेको रहेछ। भन्छिन्, "हजुरबुबा भारतीय सेनामा भएकाले हामी उतैतिर भयौँ। ८० जनाको परविारलाई भात पाक्थ्यो हामीकहाँ।" कालिम्पोङ छेउछाउका जंगलमा सिकार खेलेको, माछा मारेको, तुम्लिमा भात पकाएको र सधैँ नाचगान गरेको खुब याद आउँछ उनलाई। "सम्भ“mदा मन रोमाञ्चित हुन्छ। हाम्रो परविारमा छोरीलाई कहिल्यै पनि भेदभाव गरएिन। बरु प्राथमिकतामा नै राखियो," उनी भन्छिन्, "महिलामाथि हुने हिंसा भनेपछि मलाई सबैभन्दा बढी घृणा लाग्छ।" त्यसैले होला, अनुराधा सधैँसधँै महिलामाथि हुने सबै प्रकारका विभेदको विपक्षमा कबजजस्तै उभिइन्। उनमा प्रतिरोधी स्वभावको अंकुरण र विकास देखियो। यही सोच र अडानले उनलाई कतिपय सन्दर्भमा बलिष्ठ मात्र देखाएन, कतिपय मोडमा 'कडा मिजास'की भनेर स्थापित पनि गर्‍यो।

चेलिबेटी बेचबिखनविरुद्धको अभियान सुरु भएपछि माइती नेपालले अपराधीहरूका विरुद्ध सयौँ मुद्दा लडेको छ। ४ सय ५० जना अपराधी त अहिले पनि जेलमै छन्। राजनीतिक संरक्षणमा रहेका चेलिबेटी बेच्ने गिरोह छिन्नभिन्न पार्नु कम्ती गाह्रो थिएन। "ज्यानको धम्की त कति पाइयो कति! पहिला-पहिला त प्रहरीले पनि सहयोग गर्न हिच्किचाउँथ्यो। तर, अहिले माइती नेपाल भनेपछि सबैले सहयोग गर्छन्," उनको अनुभवले भन्छ, "गरबिी र अशिक्षाकै कारण महिलाहरू बेचिन्छन्। विस्तारै बेचबिखनका विरुद्ध चेतना अभिवृद्धि हुँदैछ।"

परविर्तनसँगै महिलामाथि हुने हिंसा र त्यसका स्वरूपहरू बदलिएका छन्। शिक्षित र सहरयिा परविारमा पनि अनेकन पारविारकि समस्या देखिन्छन्। छोराले आमाबाबुमाथि, आमाबाबुले छोराछोरीमाथि, श्रीमान्ले श्रीमतीमाथि, श्रीमतीले श्रीमान्माथि वा दिदीबहिनीले दाजुभाइमाथि वा दाजुभाइले दिदीबहिनीमाथि गरेका विविधखाले हिंसाका घटनाहरू पनि अनुराधासम्म आइपुग्छन्। "प्रतिष्ठित र शिक्षितहरू प्रहरी प्रशासनकामा पुग्यो भने बेइज्जत हुन्छ भनेर हामीकहाँ आउँछन्," उनी भन्छिन्, "हामीले मिलेसम्म मिल्न सहयोग गर्ने हो। हामी प्रहरी होइनौँ।" पछिल्ला दिनमा कतिपय पुरुष श्रीमतीबाट ठगिएको भन्दै रुँदै माइती नेपालसम्म आउन थालेका रहेछन्। "वास्तवमा हाम्रो समाजमा परविारभित्रको हार्दिकता गुम्दै गइरहेको छ," पीडा, रोदन, प्रतिशोध र बाध्यताका स्वर सुन्दासुन्दै बानी नै परसिकेकी अनुराधा भन्छिन्, "हिंसाका बैविध्यताहरू खतरनाक रूपमा विकास भइरहेका छन्। अझ सहरमा त बडो विरक्तलाग्दो स्िथति छ।"

सन्तप्त नारीका कारुणिक कथा-व्यथासँग सामीप्य राख्ने अनुराधालाई आफ्नै जीवन भने अक्करे भीरमा फुलेको फूलजस्तो लाग्छ। यो कहिले झरीमा रुझ्छ। कहिले प्रचण्ड घाममा सेकिन्छ। र, कहिले हावाहुरीको साक्षी बन्छ। तर, उनलाई जान्ने-बुझ्नेहरू अनुराधाको सामाजिक, राजनीतिक, आर्थिक, पारविारकि र सांस्कृतिक जीवन भने 'धेरै मूर्त र कम अमूर्त रंगीन कोलाजजस्तो' ठान्छन्। राजाको शासनकालमा मनोनीत सहायक मन्त्री हुँदा पनि उनले कहिल्यै त्यसलाई भजाउनुपरेन। र, अब पनि पर्दैन। उनको सामाजिक छविका अगाडि 'मन्त्री पद' पनि लिलिपुट ठहरयिो। त्यसैले होला, उनी कहीँकतै पनि अरूले प्रसंग उठान नगरेसम्म 'मन्त्री पद'को इतिहास दोहोर्‍याउन चाहन्नन्। "तर पनि, मैले त्यसलाई योगदानको कदरका रूपमा लिएकी छु," अनुराधा भन्छिन्, "त्यो एउटा सन्दर्भका हिसाबले पाइएको अवसर थियो। त्यत्ति हो।"

देश-विदेशका विभिन्न संघसंस्था, व्यक्ति र निकायले आफ्नो योगदानलाई कदर गर्दै दिने पुरस्कार र प्रशंसाले आफूलाई अझै जाँगरलिो पार्ने गरेको बताउँछिन् अनुराधा। घर र कार्यालयमा सजिएका आउटस्ट्यान्डिङ् अवार्ड, जर्मन युनिफेम प्राइज, क्विन सोफिया मेडल, बेस्ट सोसल इन्टरप्रेनर, एम्बेस्डर फर पिस र नारी सम्मानजस्ता पुरस्कारले उनलाई झक्झकाइरहेका छन्। भन्छिन्, "यही सिलसिलामा सीएनएन टप टेन हिरोजको मनोनयनले पनि मलाई मात्र होइन, हाम्रो सिंगो देशलाई नै प्रतिनिधित्व गरेको छ।"

No comments:

Post a Comment