श्रीमतीले श्रीमानको लिङ्ग काटिदिइन् (kantipuronline)


काठमाडौं, कार्तिक १५ - मान्छे रिसको आवेगमा कतिसम्म क्रुर हुनसन्छ भन्ने कुरा राजधानीमा शुक्रवार राति भएको एउटा घटनाले पुष्टि गरेको छ । 
आपसी असमझदारी बढ्दै गएपछि श्रीमतीले श्रीमानको संवेदनशील अंग मात्रै काटिनन् हात खुट्टा बाँधेर जिउँदै जलाउने प्रयास समेत गरिन् ।
जँड्याहा श्रीमानले सधैं गर्ने गरेको यौन दुर्व्यवहार खप्न नसकेर ती महिलाले श्रीमानको लिङ्ग काटेको बयान प्रहरीलाई दिएकी छिन् । 

लिङ्ग काटिने श्रीमान बारा जिल्ला हरैचा गाविस निवासी २८ वर्षिय जितेन्द्र चौधरी हुन् । उनी नेपाली सेनाको रेन्जर गणमा नायक पदमा कार्यरत छन् । उनको हाल छाउनीस्थित सैनिक अस्पतालमा आइसीयुमा राखेर उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको बताइन्छ ।
'दैनिक मादक पदार्थ सेवन गरेर आउने र जबरजस्ती यौन दुर्व्यवहार गर्ने गरेकाले रिसको आवेगमा छुरीले लिङ्ग काटेकी हुँ,' सीता चौधरीले -नाम परिवर्तन) शनिवार बिहान प्रहरीलाई भनिन् । उनी घटनालगत्तै भागेर हनुमानढोकास्थित प्रहरी कार्यालय पुगेकी थिइन् । आगोले जलेर सामान्य घाइते अवस्थामा भेटिएका सीतासँग प्रारम्भिक बयान लिएपछि प्रहरीले उनलाई पनि उपचारका लागि सैनिक अस्पताल नै लगिदिएको छ । दिनभरीको उपचारपछि ठीक भएकी सितालाई सैनिक अस्पतालले आवश्यक अनुसन्धानका लागि पुन आइतवार साँझ बालाजु प्रहरी वृत्त पठाइदिएको छ । 
बालाजु वृत्तका डिएसपी दिवेस लोहनीका अनुसार सीताले दिएको बयान अनुसार पतिको दुर्व्यवहारका कारण आजित उनले श्रीमानको लिङ्ग मात्रै काटिनन्, कोठाबाट बाहिर निस्कनुअघि ग्याँस चुलोमा जोडिएका रबरको पाइप लिङ्ग काटेको छुरीले नै काटेर छाडी आगो समेत लगाइदिएकी थिइन् । त्यसरी लगाएका आगोबाट श्रीमान मात्रै होइन उनी आफै पनि घाइते भइन् । प्रहरीका अनुसार झुक्याएर तेस्रो श्रीमती बनाएको कारण पनि सीता त्यो क्रुरताको हदसम्म पुगेका हुनसक्ने अनुमान गरेको छ । सीताका अनुसार जितेन्द्रको चौधरी र तामाङ्ग थरकी दुई श्रीमती रहेछन् । 
कोठामा आगो बल्न थालेको र सीता निस्केर भाग्दै गरेको देखेपछि घरभेटी र स्थानिय बासिन्दाहरुले तत्कालै आगो निभाएर सैनिक अस्पताल पठाएका थिए । कोठाबाट उद्धार गर्दासमेत चौधरीका हात खुट्टा बाँधिएकै अवस्थमा थिए ।
चिकित्सकहरुले छालाले मात्रै अडिएका जितेन्द्रको लिङ्ग जोडिने सम्भावना रहेको भन्दै सिलाइदिएका छन् । तर १२ घन्टापछि लिङ्ग सोचेजस्तो जोडिन नसक्ने अस्पतालका चिकित्सकहरु बताउँछन् ।
मादकपदार्थ सेवन गरी बेहोस अवस्थामा झैं आएको श्रीमानको अङ्ग काटेर जिउँदै जलाउने प्रयास गरेको कारण ज्यानमार्ने प्रयास गरेको अभियोगमा श्रीमती सीतालाई मुद्धा चलाउने तयारी गरेको छ । बालाजु प्रहरी वृत्तका हिरासतमा रहेकी सिता हाल बिक्षिप्त जस्तै छिन् ।

No comments:

Post a Comment