अमेरिकामा स्यान्डीले तहल्का मच्यायो

 ''हुने हार दैब नटार'' यहि हो संसारको शक्तिशालि देश भएर मात्र के गर्नु  दैबिय प्रकोपलाइ पराजित गर्न सदैन रहेछ कसैले पनि ल हेर्नु अहिले अमेरिकामाथि शक्क्तिशालि स्यान्डीले आक्रमण गरेरै छाड्यो ।  समुद्री आँधी स्याण्डीका कारण अमेरिकामा अहिलेसम्म करिव ४० जनाको ज्यान गएको छ भने अरबौं डलर बराबरको क्षति भएको छ । अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएअनुसार मुख्य ब्यापारिक सहर न्यूयोर्कमै करिव १८ जनाको ज्यान गएको छ । अमेरिकाबाट क्यानडातिर १ सय ३० किलोमिटर प्रतिघण्टाका दरले अघि बढिरहेको स्याण्डीका कारण पूर्वी क्षेत्रका दर्जनौ शहर जलमग्न भएको, बिजुली आपूर्ति बन्द भएको र रुख तथा घरहरु ढलेर ठूलो क्षति भएको बताइएको छ । ती क्षेत्रमा सर्वजनिक यातायात बन्द छन भने दैनिक जीवन कष्टकर भएको छ ।
       अमेरिकाको केन्द्रीय मौसम बिभागले करिव १४ फिट अग्लो छाल न्यूर्याकमा आएको बताएको छ। न्यूयोर्कबाट न्यूजर्सी जोड्ने रेल सेवा अझै १० दिन अबरुद्ध हुने बताइएको छ । तुफानबाट करिव ५ करोड अमेरिकी प्रभावित हुने र करिव एक लाख मानिस आफ्नो घर छाडेर सरकारी शिविरमा आश्रय लिएर बस्नुपरेको बताइएको छ । तुफानका कारण करिव ८० लाख घरमा बिजुली आपूर्ति बन्द भएको अमेरिकी उर्जा बिभागले जनाएको छ ।
फोटोहरु हेर्नुस



Damaged house is seen after Hurricane Sandy passed through in the greatly affected community of Atlantique on Fire Island, New York

No comments:

Post a Comment